April 18, 2026, Saturday
२०८३ बैशाख ५

अत्यावश्यक सेवा बाहेक आजदेखि सुदुरपश्चिमका ४ जिल्लामा निषेधाज्ञा

 

धनगढी, भदौ ५ (ई-रैवार) 

अत्यावश्यक सेवा बाहेक आजदेखि सुदुरपश्चिमका ४ जिल्लामा निषेधाज्ञा गरिएको छ । सुदुरपश्चिमका कैलाली र कनचनपुर जिल्ला, बैतडीको दशरथ चन्द नगरपालिकामा आजदेखि पुर्ण निषेधाज्ञा गरिएको छ भने डडेल्धुरामा आंशिक निषेधाज्ञा गरिएको हो ।

कोरोना संक्रमित बढ्दै गएपछी कैलाली र कन्चनपुर जिल्लामा भदौ १४ गतेराति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । सो अवधिमा दुवै जिल्लामा अत्यावश्यक सेवाका बाहेक सबै काम निषेध गरिएको हो ।

डडेल्धुरा जिल्लामा भने आंशिक निषेधाज्ञा मात्र जारी भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले मोटरसाइकलहरूमा जोर–बिजोर प्रणाली लागु गरेको छ । औषधि, खाद्यान्न, तरकारी, दुध, फलफूल, माछा, मासु लगायत अत्यावश्यक बस्तुहरुका किन्न मात्रै सवारी साधन प्रयोग गर्न पाइने छ ।

त्यस्तै बैतडीको दशरथचन्द नगरपालिकाले भदौ १५ गतेसम्मका लागि निषेधाज्ञाका बेला अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द हुने नगरपालिकाको सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले बताए ।

औषधि पसल, एम्बुलेन्स र अत्यावश्यक सवारी साधन मात्रै सञ्चालन गर्न दिइनेछ । यस्तै नगर क्षेत्रभित्रका बैंकहरुलाई आइतबार, मंगलबार र बिहीबार हप्ताको तीनदिन मात्रै खुल्ला राखिनेछ ।