पत्रकार चौधरीमाथि आक्रमण, महासंघद्वारा दोषीलाई कार्वाहीको माग

धनगढी, साउन २७ (ई-रैवार)
टीकापुरका पत्रकार गणेश चौधरीलाई गएराति एक समूहले आक्रमण गरेको छ । जानकी गाउँपालिका–६ जगतपुरबाट वडा नम्बर–३ स्थित घर जानेक्रममा उनलाई आक्रमण गरिएको हो ।
साँझ करिव ८ बजेतिर घर आउदै थियौ एक्कासी आक्रमण भयो कान्तिपुर दैनिकमा कार्यरत चौधरीले भने त्यसपछि स्थानीय भरत शाहको घरमा गएर ज्यान जोगायौ ।

उनले म त हेलमेटले गर्दा जोगिए तर साथमा रहेका भोजराज चौधरीको टाउकोमा चोट लाग्यो उनको टाउकोमा तीन टाका लागेको छ मेरो पनि अनुहारमा चोट लागेको छ पत्रकार चौधरीले बताए ।
चौधरीले क्रमणकारी दिनेश शाह, श्री शाह र दिनेश कडायतका विरुद्ध किटानी जाहेरी दिने तयारी गरेको चौधरीले बताए । उनीहरुले किन आक्रमण गरे मैले बुझेको छैन उनले भने कुनै विवाद पनि थिएन ।
टीकापुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अरुण वमले घटना वारे आवश्यक अनुसन्धान भइरहेको र आफूहरु राति घट्नास्थलमा पुग्दा आक्रमणकारीहरु भागेको वताए ।
नेपाल पत्रकार महासंघ कैलाली लगायतका संघ संगठनले घटनाको भर्त्सना गरेको छन । महासंघका सचिव मिन ठकुरीद्वारा जारी बिज्ञप्तीमा दोषीलाई कडा कार्वाहीको माग गरेको छ ।





प्रतिकृया दिनुहोस्