विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८९ लाख, ७ लाख १२ हजारको मृत्यु

एजेन्सी, साउन २३ (ई-रैवार)
विश्वमा कोरोना भाइरसको संक्रमितहरुको संख्या १ करोड ८९ लाख पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार विश्वभर संक्रमितहरुको संख्या १ करोड ८९ लाख ८६ हजार ६ सय २९ पुगेको हो ।
हालसम्म ७ लाख १२ हजार ३ सय ३४ जनाको मृत्यु भइसकेको छ भने १ करोड १४ लाख ७७ हजार ८ सय ३४ जना निको भइसकेका छन् ।
सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ४८ लाख ७६ हजार ७ सय ९० पुगेको छ भने १ लाख ५९ हजार ९ सय ९० जनाको मृत्यु भएको छ ।
यस्तै, ब्राजिलमा २९ लाख १२ हजार २ सय १२ संक्रमित र ९८ हजार ४ सय ९३ को मृत्यु, भारतमा १९ लाख ६४ हजार ५ सय ३६ संक्रमित र ४० हजार ६ सय ९९ को मृत्यु र रुसमा ८ लाख ७० हजार १ सय ८७ संक्रमित र १४ हजार ५ सय ७८ जनाको मृत्यु भएको छ ।
भारतमा बिहीबार अहिलेसम्मकै बढी कोरोना संक्रमित, अमेरिका र ब्रजिलमा भन्दा बढी
भारतमा कोरोना भाइरसका संक्रमितहरु बिहीबार विश्वमै सबैभन्दा बढी बढेका छन् । लगातार तेस्रो दिन भारतले विश्वकै बढी संक्रमित फेला पारेको हो ।
बिहीबार २४ घण्टामा सबैभन्दा बढी ६२ हजार १ सय ७० जना संक्रमित भारतमा भेटिएका छन् । यसअघि एकै दिन यो भन्दा बढी संक्रमित भारतमा रहेका थिएनन् ।
अमेरिकामा ५५ हजार २ सय २३ तथा ब्रजिलमा ५४ हजार ८सय १ जना संक्रमित रहेकामा भारतमा अमेरिकाको भन्दा सात हजार बढी संक्रमित रहेका हुन् ।
यसअघि बुधबार भारतमा ५६ हजार ६ सय २६ जना संक्रमित थपिएका थिए । बुधबार अमेरिकामा ५४ हजार ८सय ९० तथा ब्रजिलमा ५४ हजार ६ सय ८५ जना संक्रमित थपिएका थिए ।





प्रतिकृया दिनुहोस्