June 21, 2026, Sunday
२०८३ असार ७

दुर्घटनामा घाइते सांसद थापालाई थप उपचारकालागि काठमाण्डाैं लगिदै

 

धनगढी, साउन १७ (ई-रैवार)

माेटरसाईकल दुर्घटनामा घाईते सुदूरपश्चिम प्रदेश सभा सदस्य अम्बिका थापालाई थप उपचारकालागि काठमाण्डाैं लगिदै छ । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रलयकाे पहलमा अहिले ९. ४० वजे नेपाली सेनाकाे स्काई ट्रक जहाज मार्फत काठमाण्डाैं लैजान लागेकाे मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिए ।

धनगढी–८ बुद्ध चोकमा मोटरसाइकल दुर्घटना हुँदा घाईते सांसदकाे टाउकाेमा गहिराे चाेट लागेकाे छ । बुद्धचोकबाट जुगेडातर्फ जाँदै गर्दा मोटरसाइकल सवार उनलाई पछाडिबाट अर्को मोटरसाइकलले ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट घाइते भएकी उनलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा लगिएको र थप उपचारकालागि जहाजबाट काठमाडौं लैजान थालिएकाे हाे । प्रदेशसभा सदस्य थापा कांग्रेसबाट अछाम जिल्लाको प्रतिनिधित्व गर्छिन्।

यसअघि उनी उपचाररत अस्पतालमा मुख्यमन्त्री त्रिलोचन भट्ट, सभामुख अर्जुन थापा, उपसभामुख निर्मला बडाल जोशी, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी लगायत अन्य प्रदेश सभा सदस्य पनि पुगेका छन् ।