कोरोनाले थप एकजनाको मृत्यु, मृत्यु हुनेको संख्या ५७ पुग्यो

वीरगञ्ज, साउन १७ (ई-रैवार)
नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पर्साको वीरगञ्जमा ५० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
योधा अस्पतालमा साउन १४ गते बुधबार भर्ना भएकी उनको शुक्रबार स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको पीसीआर ल्याबमा पठाइएको थियो । तर रिपोर्ट नआउँदै बिहान १०:१२ बजे मृत्यु भएको थियो ।
शुक्रबार राति पोजेटिभ रिपोर्ट आएको छ । महिलाको कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए । सुगरबाट ग्रसित महिलामा निमोनिया र हाईपर टेनसन समेत रहेको नारायणी अस्पतालका डा निरज सिंहले जानकारी दिए ।
उनीसँगै संक्रमण पुष्टि भएकी नगवाकी ६० बर्षीया महिलाको अवस्था पनि गम्भिर छ । उनको बयोधा अस्पतालमै आईसीयूमा उपचार भइरहेको छ । मधुमेहबाट ग्रसित ती महिलामा निमोनिया र हाईपर टेनसनको समेत समस्या रहेको चिकित्सकहरुले बताएका छन् ।
यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ५७ पुगेको छ । पर्सा मात्रै पछिल्लो १० दिनमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ ।





प्रतिकृया दिनुहोस्