पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा ५३ जनामा कोरोना पुष्टि

धनगढी, साउन १७ (ई-रैवार)
सुदूरपश्चिममा आज थप ५३ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ८९ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका सुदूरपश्चिमका थप ५३ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीको गोदावरी नगरपालिकाका २७ र भजनी नगरपालिकाका ३ गरी ३० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
बझाङको थलारा गाउँपालिकाका १० जना, जयपृथ्वी नगरपालिकाका ५ जना, दुर्गाथली र छव्वीसपाथिभेराका ३–३ जना र मष्टा गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
आज ५३ जनामा संक्रमण पुष्टि भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार ४ सय ७८ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका १ हजार १ सय जनामा संक्रमण पुष्टि भएको छ । डोटीमा ७ सय ७०, अछाममा ६ सय ७८, बाजुराका ६ सय १९ जनामा संक्रमण पुष्टि भएको सवास्थ्य मन्त्रालयले जनाएको छ ।
कञ्चनपुरमा ५ सय ४४, डडेल्धुरामा ३ सय ९, बैतडीमा २ सय ९५, बझाङमा २ सय ३२ र दार्चुलामा ३८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका ३ हजार ८ जना डिस्चार्ज भएर घर फर्किएका छन् भने सुदूरपश्चिम प्रदेशमा ९ जनाको मृत्यु भईसकेको छ।





प्रतिकृया दिनुहोस्