May 10, 2025, Saturday
२७ बैशाख २०८२, शनिबार

करिब १ सय जना ‘इनफ इज इनफ’ का अभियन्ता पक्राउ

 

काठमाडौं, साउन १६ (ई-रैवार)

‘इनफ इज इनफ’ का अभियन्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । सरकारविरोधी प्रदर्शनका लागि बालुवाटार जाने क्रममा प्रहरीले अभियन्ताहरुलाई पक्राउ गरेको हो ।

प्रदर्शनका लागि बालुवाटार जाने क्रममा प्रहरीले करिब १ सय जना जतिलाई पक्राउ गरेको हो । पक्राउ परेकामा सडकमा हिँडिरहेका पनि परेका छन् । प्रहरीले इनफ इज इनफको सत्याग्रहमा ऐक्यवद्धता जनाउन जानेसँगै सडकमा हिँडेकालाई समेत पक्राउ गरेपछि प्रहरीको चर्को आलोचना भएको छ । प्रहरीले भने माथिको आदेश भन्दै सबैलाई पक्राउ गरेको बताएको छ ।

कोरानो पीडित संयुक्त संघर्ष समितिका संयोजक विष्णुजङ्ग बस्नेतका अनुसार पक्राउ परेका ४० जनालाई कमलपोखरी वृत्तमा राखिएको छ । अन्य दर्जनौलाई महाराजगञ्ज, दरबारमार्ग, महेन्द्र पुलिस क्लब लगायतमा राखिएको छ ।

‘इनफ इज इनफ’ ले आह्वान गरेको सरकारविरोधी प्रदर्शनमा सहभागी हुन जाने क्रममा प्रहरीले रञ्जु दर्शना, आलोक सुवेदी, सौरभ कार्की, पवन मल्ल, नवराज उप्रेती, शशिविक्रम कार्की, वृतान्त खनाल, सुदन गुरुङलगायतलाई विभिन्न स्थानबाट पक्राउ गरेको बताइएको छ ।

‘इनफ इज इनफ’ ले शुक्रबार मध्यान्ह १२ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा शान्तिपूर्ण प्रदर्शन गर्ने भन्दै सहभागिताका लागि सार्वजनिक रुपमा आह्वान गरेको थियो ।

‘इनफ इज इनफ’ कोरोनाका संक्रमण रोकथाम र पीसीआर विधिबाट गरिने परीक्षण बढाउनुपर्ने, मापदण्ड अनुरुप क्वारेन्टाइनको व्यवस्था गर्नु पर्ने लगायतका माग राखेर आन्दोलन गर्दै आएको छ ।