March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६ लाख ७० हजार नाघ्यो

 

एजेन्सी, साउन १५ (ई-रैवार)

विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ६ लाख ७० हजार ५ सय ४८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले बिहीबार जानकारी दिएको छ । सो सङ्गठनका अनुसार बिहीबारसम्म विश्वभरीमा एक करोड ७२ लाख ३ हजार ९ सय ७३ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

सङ्क्रमित मध्ये हालसम्म एक करोड ७ लाख १९ हजार १ सय ४ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५८ लाख १४ हजार ३ सय २१ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६६ हजार ३ सय ९६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लूएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४५ लाख ६८ हजार ३ सय ७५ जना कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ५३ हजार ८ सय ४५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ३९ लाख ५२ हजार ४ सय ४० जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ३९ हजार ७ सय ८१ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ५३ लाख ६० हजार २ सय जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ २ लाख २६ हजार ८३ जनाको मृत्यु भएको छ ।

युरोपमा २८ लाख ४० हजार ३ सय ४३ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख दुई हजार ३ सय ४६ को मृत्यु भएको छ । एशियामा ४१ लाख ३७ हजार ४० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ९४ हजार १ सय ९४ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा आठ लाख ९५ हजार १ सय ५७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १८ हजार ९ सय ८ जनाको मृत्यु भएको छ । ओसियानामा १८ हजार ३२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २ सय १३ जनाको मृत्यु भएको छ । एएफपी