April 18, 2026, Saturday
२०८३ बैशाख ५

पछिल्लो २४ घन्टामा थप १ सय ३९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८ हजार ७ सय ५२ पुग्यो

धनगढी,  साउन १२ (ई-रैवार) 

पछिल्लो २४ घन्टामा नेपालमा थप १ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा आज थप १ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यो सँगै नेपालमा संक्रमितको संख्या १८ हजार ७ सय ५२ जना पुगेको छ। सोमबार थप ६ सय २६ जना कोरोना संक्रमणमुक्त भएका छन ।

नेपालमा हालसम्म १३ हजार ७ सय ५४ जना उपचारपछि निको भएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल सम्म ४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सुदुरपश्चिममा सोमवार थप २१ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा थप २१ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा १७ र डडेल्धुरा अस्पतालको प्रयोगशालामा ४ गरी २१ जनामा संक्रमण पुष्टि भएको हो ।

धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ९७ जनाको कोरोना परीक्षण भएकोमा थप १७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

उनका अनुसार १४ जना पुरुष र ३ जना महिलामा संक्रमण पुष्टि भएको हो । अछामको मेल्लेख गाउँपालिकाका ३ जना महिला र १३ जना पुरुष गरी १६ जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए । अछाममा २ बर्षीया बालिका, दार्चुलाकमा ५ बर्षीय बालकमा समेत कोरोना पुष्टि भएको उनले बताए । यस्तै डडेल्धुरा प्रयोशालामा भएको परीक्षणमा सोमवार बैतडीका ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त डाक्टर जागेश्वर गौतमले बताए ।