नेपालमा १ सय ४७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८ हजार २ सय ४१ पुग्यो

धनगढी, साउन ८ (ई-रैवार)
नेपालमा पछिल्लो २४ घन्टामा थप १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका १ सय ४७ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अनुसार यो सहित नेपालमा संक्रमितको संख्या १८ हजार २ सय ४१ जना पुगेको छ । प्रवक्ता डा गौतमले बिहीबार थप १ सय ५६ जना कोरोना संक्रमणमुक्त भएको वताएका छन । यो सहित नेपालमा हालसम्म १२ हजार ८ सय ४० जना उपचारपछि निको भएर घर गएका छन । नेपालमा हालसम्म ४३ जना संक्रमितको मृत्यु भएको छ।
सुदूरपश्चिममा आज ३५ जनामा कोरोना पुष्टि
बुधवार सुदूरपश्चिममा थप ३५ जनामा कोरोना पुष्टि भएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा र डडेल्धुरा प्रयोगशालामा भएको कोरोना परीक्षणमा थप ३५ जनामा कोरोना पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कञ्चनपुरका २६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका १० पुरुष र तीन महिला गरी १३ जना, बेल्डाँडी गाउँपालिकाका ८ पुरुष र बेलौरी नगरपालिकाका ३ पुरुष र र्२ पुरुष गरी ५ जनामा संक्रमण पुष्टि भएको छ ।
सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा सेती अस्पतालको प्रयोगशालामा २ सय ५८ जनाको कोरोना परीक्षण गरिएको जानकारी दिए । डडेल्धुरामा गरीएको परीक्षणमा आज ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
डोटीका ७ र डडेल्धुराका २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
आज ३५ जनामा संक्रमण पुष्टि भएपछि सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार १ सय ७७ पुगेको छ। संक्रमण पुष्टि भएका २ हजार २ सय ३३ जना डिस्चार्ज भएका छन भने ८ जनाको मृत्यु भईसकेको छ।





प्रतिकृया दिनुहोस्