April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम सरकारलाई १ करोड हस्तान्तरण

 

धनगढी, श्रावण ३  (ई-रैवार)

सुदूरपश्चिम प्रदेश सरकारलाई १ करोड रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ । कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा उपचार कोषको लागि सूर्य नेपालले प्रदेश सरकारलाई सहयोग रकम हस्तान्तरण गरेको हो ।

सूर्य नेपालका क्षेत्रीय प्रबन्धक दामोदर शर्मा, न्यू शिव ट्रेडर्सका धर्मानन्द मिश्र, रविन्द्र ट्रेडर्स महेन्द्रनगरका जगराज पाण्डे लगायतको टोलीले शनिवार मुख्यमन्त्री त्रिलोचन भट्टलाई सो रकम हस्तान्तरण गरेका हुन ।

आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश सरकारलाई सो रकम हस्तान्तरण गरेको सूर्य नेपालका क्षेत्रीय प्रबन्धक दामोदर शर्माले जानकारी दिए ।

प्रदेश सरकारले कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा उपचार कोष अभियानमा सहयोगका निजी क्षेत्रलाई आह्वान गरेको थियो । अभियान अन्तर्गत निजी क्षेत्रबाट प्रदेश सरकारलाई सहयोग हुँदै आएको छ ।

मुख्यमन्त्री भट्टले सहयोगी दातालाई धन्यवाद ज्ञापन गर्दै, कोभिड १९ नियन्त्रण तथा उपचार कोष अभियान अन्तर्गत निजी क्षेत्रबाट हालसम्म सबैभन्दा ठूलो रकम प्राप्त भएको बताए ।