प्रतिष्ठानका तीन सदस्य निर्देशकमा नियुक्त

काठमाडौं, साउन २ (ई-रैवार)
नेपाली कांगरेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा तीन सदसयहरुलाई निर्देशकमा नियुक्त गरिएको छ ।
नेपाली कांग्रेस केन्द्रीय उपसभापति एवम् केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख श्री विमलेन्द्र निधिले प्रतिष्ठानमा तीन जना सदस्यहरुलाई निर्देशकमा नियुक्त गरेका हुन ।
नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३६ (१) (घ) बमोजिम नीति निर्देशकमा तनहूँका डा. जगदीशचन्द्र पोख्रेल, अनुसन्धान निर्देशकमा महोत्तरीका डा. सूर्य ढुंगेल र प्रशिक्षण निर्देशकमा ओखलढुंगाका खिलानाथ दाहाललाई नियुक्त गरेको हो ।
यस अघि युवा प्रशिक्षण कार्यक्रम संयोजकमा सप्तरीका श्री रञ्जित कर्णलाई मनोनयन भएका थिए । निर्देशकहरु तथा संयोजकले प्रतिष्ठान प्रमुख र कार्यकारी निर्देशकसंग समन्वय गरी कार्यक्रमहरु गर्ने नेपाली कांग्रेसले जनाएको छ ।





प्रतिकृया दिनुहोस्