April 18, 2026, Saturday
२०८३ बैशाख ५

भारतमा एकैदिन ३२ हजार भन्दाबढी कोरोना संक्रमित थपिए

 

धनगढी,  साउन १ (ई-रैवार)

भारतमा एकैदिन  ३२ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एकैदिन कोरोना भाइरसका ३२ हजार ६ सय ९५ नयाँ संक्रमित थपिएका हुन ।

३२ हजार ६ सय ९५ नयाँ संक्रमित सँगै भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ९ लाख ६८ हजार ८ सय ७६ पुगेको छ ।
त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण ६०६ जनाको मृत्यु भएको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि २४ हजार ९ सय १५ पुगेको छ ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म २ लाख ७५ हजारभन्दा बढी संक्रमित फेला पर्दा १० हजार ९ सय २८ जनाको मृत्यु भइसकेको छ । तामिलनाडुमा १ लाख ५१ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन भने २ हजार १ सय ६७ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा पनि १ लाख १६ हजारभन्दा धेरै संक्रमित भेटिँदा तीन हजार ४ सय ८७ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसका ६ लाख १२ हजार ८ य १५ संक्रमित निको छन ।