सुदूरपश्चिमका १ हजार ५ सय भन्दा वढी कोरोना संक्रमित डिस्चार्ज, ६७ जना मात्रै अस्पतालमा

धनगढी, असार ३१ (ई-रैवार)
आईसोलेसनबाट १ हजार ५ सय ८५ कोरोना संक्रमित डिस्चार्ज भएका छन । सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट १ हजार ५ सय ८५ कोरोना संक्रमित डिस्चार्ज भएका हुन ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा मंगलवार साँझ १ हजार ५ सय ८५ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिएका छन ।
महाशाखा प्रमुख नरेन्द्र कार्कीका अनुसार मंगलवार मात्रै अछाम जिल्लाका ६७ जनालाई विभिन्न अस्पताल र क्वारेन्टिनबाट घर पठाइएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि कञ्चनपुरका ३ सय ७५, अछामका ३ सय १४, डडेल्धुराका २ सय ६७ र बैतडीका २ सय ५२ जनााई डिस्चार्ज गरिएको छ ।
डोटीका १ सय ५७, कैलालीका १ सय १८, बझाङबाट ८७, दार्चुलाबाट १३ र बाजुराबाट र्२ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ । उनीहरुलाई १४ दिनसम्म अस्पतालमा भर्ना गरिएको र कोरोनाको लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ। कतिपय भने कोरोना जितेरै डिस्चार्ज भएका हुन ।
सुदूरपश्चिम प्रदेशका ६७ संक्रमितको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने बाँकी संक्रमित क्वारेन्टिन र घरमै रहेका छन ।
मन्त्रालयका अनुसार टीकापुर अस्पतालमा २७, महाकाली अस्पतालमा १८, जिल्ला अस्पताल अछाममा १०, सेती प्रादेशिक अस्पतालमा ७, मालाखेती अस्पतालमा तीन र डोटी अस्पतालमा २ जना गरी ६७ जनाको अहिले उपचार भईरहेको छ।
सुदूरपश्चिममा ८ जना संक्रमितको मृत्यु भईसकेको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको सङख्या ३ हजार ९ सय ५६ पुगेको छ ।





प्रतिकृया दिनुहोस्