May 2, 2026, Saturday
२०८३ बैशाख २०

भारतले नक्कली अयोध्या खडा गरेर साँस्कृतिक अतिक्रमण गर्यो – प्रधानमन्त्री ओली

 

काठमाण्डौ, असार २९  (ई-रैवार)

प्रधानमन्त्री केपीशर्मा ओलीले भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक अतिक्रमण गरेको आरोप लगाएका छन ।

भानु जयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा गरिएको कार्यक्रममा नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले वास्तविक तथ्यमाथि भारतले अतिक्रमण गरेको जनाए ।

भगवान रामको राज्य अयोध्या नेपालको वीरगन्ज पश्चिममा पार्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको उनले बताए ।
ुहामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौं । तथ्यहरूमा अतिक्रमण भएको छ । हामी अहिले सीता भारतका राजकुमार रामलाई दियौं भनेर ठानिरहेका छौं । भारत हैन अध्योध्याकालाई दिएका हौं । अयोध्या भनेको वीरगन्ज भन्दा अलि पश्चिमपट्टिको गाउँ हो । अहिले खडा गरिएको अयोध्या होइन,ु उनले भने ।

प्रधानमन्त्री ओलीले भारतले भनेको अयोध्या नै सही हो भने त्यहाँका राजा जनकपुर विवाह गर्न कसरी आइपुगे भनेर प्रश्न गरे । उनले भने ‘सन्तान पनि भारतका हुँदै होइनन्न् । ठाउँ पनि भारतको होइन, तर त्यो इतिहास अहिले वहसगरी साध्य छैन ।
प्रधानमन्त्री ओलीले ज्ञान, विज्ञानको सुरुआत र विकास नेपालमा भएको भएपनि त्यो श्रृङ्खलाले निरन्तरता पाउन नसकेको बताए । सेतोपाटीबाट