April 18, 2026, Saturday
२०८३ बैशाख ५

सिडिसीद्वारा क्वारेन्टीनका लागि खाद्यान्न सहयोग

डोटी असार १८(ई-रैवार)
सामुदायिक विकास केन्द्र (सिडिसि) डोटीले डोटी जिल्लाका आदर्श र सायल गाउँपालिकालाई खाद्यान्न सहयोग स्वरुप प्रदान गरेको छ । क्वारेन्टीन व्यवस्थापनमा सहयोग पु–याउने उद्देश्यले करिब दुईलाख ५० हजार वरावरको खाद्यान्न सहयोग गरेको संस्थाका अध्यक्ष हेमराज जोशीले जानकारी दिए ।
क्वारेन्टीनमा बसिरहेका दुईसय ५० जनालाई पुग्नेगरी खाद्यान्न सामाग्री उपलब्ध गराएको उनले बताए ।
वल्र्ड भिजन ईन्टरनेशनल नेपाल र सामुदायिक बिकास केन्द्रको संयुक्त साझेदारीमा संचालित कोभर परियोजनाबाट सो सहयोग हस्तान्तरण गरिएको हो । कोभिड–१९बाट सिङ्गो देश र समाज जुझिरहेका बेला गाउँपालिकालाई थोरै भएपनि सहयोग पुगोस र जनताले राहत प्राप्त गरुन भन्ने उद्देश्यले यो काम गरिएको अध्यक्ष जोशीले बताए ।
प्रदान गरिएका खाद्यान्न सामाग्रीहरु अन्तर्गत मसिनो चामल, दाल, नुन, तेल, चिनी, आलु र अन्डा छन । आदर्श गाउँपालिकालाई एकलाख र सायल गाउँपालिकालाई एकलाख ५० हजार बरावरको खाद्यान्न बितरण गरिएकोसो संस्थाले जनाएको छ ।