May 2, 2026, Saturday
२०८३ बैशाख २०

ओलीलाई प्रचण्डको पटाक्षेप: ‘प्रधानमन्त्रीवाट मैले हट्न भनेको हुँ, दिल्लीले होईन’

काठमाण्डौं असार १६(ई-रैवार)

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री ओलीलाई पदबाट हट्न दिल्लीले नभई आफुला भनेको अर्का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले बताएका छन् ।

‘प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट छोड्नुस्’, प्रचण्डको भनाई उद्धृत गर्दै एक सदस्यले भने, ‘यो कुरा दिल्लीले भनेको होइन, मैले भनेको हो।’ उनले प्रधानमन्त्रीको आइतबारको अभिव्यक्तिको आलोचना गरे।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको अभिव्यक्ति गम्भीर रहेकाले को सक्रिय भयो भन्ने जानकारी दिनुपर्ने बताएका थिए।

आइतबार मदन भण्डारीको जन्म जयन्तीको अवसरमा आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा उनले आफूलाई हटाउन भारत सक्रिय भएको र त्यसमा नेपाली शक्तिले साथ दिएको भनेका थिए। त्यसको कारण भने उनले नयाँ नक्सा सार्वजनिक र संविधान संशोधनलाई देखाएका थिए।

मंगलबारको बैठकमा बोलेका पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल तथा वामदेव गौतमले आफ्नो अभिव्यक्ति र आरोपलाई प्रष्ट पार्न भनेका थिए। तीनै नेताको अभिव्यक्ति उस्तै रहेको ती सदस्यले बताए।