क्वारेन्टीनमा सर्पले टोक्दा उपचारमा भेन्टिलेटर मिलेन

धनगढी असार १४(ई-रैवार)
क्वारेन्टीनमा बसिरहेको समयमा सर्पले टोकेर बेहोस भएका कैलालीका एक युवाले २४ घण्टाभन्दा बढी समय बित्दापनि उपचारका लागि भेन्टिलेटर पाएका छैनन् । कैलालीबाट नेपालगञ्ज पुग्दा समेत भेन्टिलेटर नमिलेको उनका आफन्तले जनाएका छन् ।
२२ वर्षिय ती युवक जेठ २६ गते भारतबाट फर्किएर गौरीगंगा नगरपालिकाका–४ मा रहेको सिद्धार्थ विद्या निकेतनको क्वारेन्टीनमा बसिरहेका थिए । सोही क्रममा शनिवार बिहान उनलाई सर्पले टोकेपछि बेहोस भएका थिए ।
त्यसपछि बिहानै उनलाई सेती प्रादेशिक अस्पताल धनगढी पु–याईएको थियो । जहाँ समान्य उपचारपछि भेन्टिलेटर खाली नभएको भन्दै नेपालगञ्ज रेफर गरियो ।
परिवारस्रोतले शनिवार राती कोहलपुर मेडिकल कलेज पुगाउदा भर्ना लिन मानेन् । त्यसपछि नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको थियो । त्यहाँ पनि भेन्टिलेटर खाली नभएको भन्दै उपचार नपाईएको युवकका दाजुले दुखेसो गरे । भाईको मुख र नाकबाट फिँज बगिरहेको अवस्थामा भेन्टिलेटर खाली नभएको भन्दै अस्पतालले जरनल वार्डमा राखेर उपचार गरिरहेको उनले बताए ।
भारतबाट फर्किएको र क्वारेन्टीनमा बसिरहेको भएकाले कोरोना आशंकामा चिकित्सकहरुले उपचारमा लापरवाही गरिरहेको परिवारको आशंका छ ।





प्रतिकृया दिनुहोस्