मुख्यमन्त्री भट्ट भन्थे, प्रधानमन्त्री ओलीलाई ‘टुक्के’ !

धनगढी असार १३(ई–रैवार)
यतिबेला सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरेर लेखेको स्टाटस समाजिक सञ्जाल फेसबुकमा भाईरल बनिरहेको छ । सो स्टाटसमा मुख्यमन्त्री भट्टले ‘गैह्र जिम्मेवारपूर्ण उखान टुक्के’ भाषा बोल्ने भनेर ईङ्गित गरेका छन् । यसबाहेक सप्तरीमा भएको एउटा घटनामा मारिएका चारजना मारिएको जिम्मा पनि प्रधानमन्त्री ओली नेतृत्वको पार्टीले गर्नुपर्ने चित्रण गरेका छन् ।

उनको सो स्टाटस तीनबर्षअघिको हो । ७ मार्च २०१७ सन् अर्थाद वि.स.२०७३ फागुन २४ गते उनले सो स्टाटस फेसबुकमा पोष्ट्याएका छन् ।
उनको सो स्टाटसमा ‘केपी ओलीका गैह्रजिम्मेवारीपूर्ण उख्खान टुक्के भासा र मदेशी जनतालाई गरेको अपमानको कारण सप्तरीमा चार जना सर्वसाधारणको ज्यान गयो । यसको सम्पुण जिम्मा एमाले पार्टीले लीनूपर्छ’ भनि लेखेका छन् ।
स्मरण रहोस् तत्कालिन एमालेको मेची महाकाली अभियानलाई अवरोध गर्न उत्रिएको मधेशी मोर्चा र प्रहरीबिच २०७३ फागुन २३ गते झडपमा पाँचजनाको मृत्यु भएको थियो । जसमा एकजनाको घटनास्थलमै र बाँकी चारजनाको उपचारका क्रममा मृत्यु भएको थियो ।
सोही घटनालाई लक्षित गर्दैै मुख्यमन्त्री भट्टले सो स्टाटस पोष्ट्याएको देखिन्छ ।





प्रतिकृया दिनुहोस्