धनगढी उप-महानगरका सबै वडामा कोरोना संक्रमित पुष्टि

धनगढी असार १०(ई-रैवार)
धनगढी उप-महानगरपालिकाका सबै वडामा कोरोना संक्रमित पुष्टि भएका छन् । उपमहानगरपालिको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायका अनुसार १९ वटै वडामा संक्रमित फेला परेका छन् ।
उपमहानगरपालिकामा अहिलेसम्म ६५ जनामा कोरोना पुष्टि भएको छ । जसमा सवैभन्दा वढी संक्रमित वडा नम्बर १२ मा भेटिएका छन्। १२ नम्वर वडामा १४ जनामा कोरोना पुष्टि भएको छ। त्यसमा ५ महिला र ९ जना पुरुष रहेका छन्। वडा नम्बर १ मा दुई महिला र तीन पुरुष गरी ५ जना, वडा नम्बर २ मा तीन महिला र एक पुरुष गरी ४ जना, वडा नम्बर ३ मा तीन जना पुरुष, वडा नम्बर ४ मा एक महिला, वडा नम्बर ५ मा तीन महिला र तीन पुरुष गरी ६ जना र वडा नम्बर ६ मा दुई जना पुरुष संक्रमित भेटिएका छन्।
त्यसैगरी वडा नम्बर ७ मा ३ जना पुरुष, वडा नम्बर ८ मा ३ पुरुष, वडा नम्बर ९ मा ३ महिला र ७ पुरुष गरी १० जना, वडा नम्बर १० मा ३ जना पुरुष र वडा नम्बर ११ मा एक जना पुरुषमा कोरोना पुष्टि भएको उपाध्यायले जानकारी दिए।
धनगढी उपमहानगरपालिको वडा नम्बर १३ मा २ जना पुरुष, वडा नम्बर १४ मा एक महिला र दुई पुरुष गरी ३ जना जना, वडा नम्बर १५ मा एक जना पुरुष, वडा नम्बर १६ मा एक जना पुरुष, वडा नम्बर १७ मा एक जना महिला, वडा नम्बर १८ मा तीन जना पुरुष र वडा नम्बर १९ मा एक महिलामा कोरोना पुष्टि भएको छ।





प्रतिकृया दिनुहोस्