March 7, 2025, Friday
२३ फाल्गुन २०८१, शुक्रबार

वैदेशिक रोजगारी खुला गर्ने र विद्यार्थीलाई जानदिने सरकारको निर्णय

काठमाण्डौं असार ५(ई-रैवार)
सरकारले वैदेशिक रोजगारी खुला गर्ने र विद्यार्थीहरुलाई जानदिने निर्णय गरेको छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले वैदेशिक रोजगारीबाट विदामा आएकासँगै नयाँ रोजगारीमा जानलागेकाहरुलाई जानदिने निर्णय गरेको हो ।
श्रम तथा रोजगार मन्त्रालयको सिफारिसमा जान दिने निर्णय गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । विद्यार्थीहरुको हकमा शिक्षा मन्त्रालयको सिफारिसमा जान दिइनेछ ।
बैठकले सम्बन्धित देशको सरकार र रोजगारदाता कम्पनीले खर्च नव्यहोर्नेहरुलाई उद्दार गर्ने गाइडलाइन बनाउन श्रम मन्त्रालयलाई निर्देशन दिएको छ ।