वाजुराको क्वारेन्टाईनमा जन्मिएका चारदिने शिशुमा कोरोना
- Eraibar
- २०७७ जेष्ठ २९, बिहीबार १७:११
- 6 Shares

बाजुरा जेठ २९(ई-रैवार)
बाजुराको बुढीगंगा नगरपालिकाको एक क्वारेन्टाईनमा जन्मिएका चारदिने नवशिशुमा कोरोना भाइरसको संक्रमण देखिएको छ । कैलालीको धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
बुढीगंगा नगरपालिकाका चार दिनका शिशुमा कोरोना संक्रमण फेला परेको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. हेमराज पाण्डेले पुष्टि गरेका छन् ।
उनका अनुसार बिहीबार सुदूरपश्चिममा २७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
डा. पाण्डेले बाजुराका १८ जना, कैलालीका सात जना र बझाङका दुई जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्