पीसीआर परीक्षणको दायरा बढाउन सुदूरपश्चिम सरकारलाई कांग्रेसको ज्ञापनपत्र

धनगढी जेठ २८(ई-रैवार)
पिसिआर परिक्षण बढाउन माग राख्दै नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ । नेपाली कांग्रेसको गौरिगंगा नगर कमिटी कैलालीले सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीलाई ज्ञापन पत्र बुझाएको हो।
नगर सभापति काँशीराम शर्माको नेतृत्वमा सामाजिक मन्त्री सुबेदीलाई बुझाएको ज्ञापन पत्रमा आरडिटी परिक्षण बिश्वसनियन नदेखिएको भन्दै चौतर्फि बिरोध भईरहेको अहिलेको परिवेशमा यसलाई रोकी तत्काल पिसिआर परिक्षण बढाउन माग गरिएको छ ।
ज्ञापन पत्रमा क्वारेन्टाईनमा बसेकाहरुको उचित ब्यबस्थापन गरिनु पर्ने र उनीहरुलाई घर पठाउँदा अनिवार्य पीसीआर परिक्षण गरेर पठाउनु पर्ने माग गरिएको छ ।
ज्ञापन पत्र बुझाउने टोलीमा नगर सभापति शर्मासंगै नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य भोजबहादुर बम, राम बहादुर कलेल लगायतको सहभागिता रहेको थियो ।





प्रतिकृया दिनुहोस्