April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिममा थप छ जनामा कोरोना संक्रमण, कुल संख्या १६४ पुग्यो

धनगढी जेठ २८(ई-रैवार)

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १६४ पुगेको छ । आज थप ६ जनामा कोरोना पुष्टि भए संगै संक्रमितको संख्या १६४ पुगेको हो।

धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ६ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

उनका अनुसार कैलालीका ५ र कञ्चनपुरका एक जनामा कोरोना पुष्टि भएको हो।

कैलालीको टीकापुर नगरपालिका १९, २३, २५, २६ र ३५ बर्षीय पुरुष र कञ्चनपुरको बेलौरीका २२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

अहिलेसम्म सबैभन्दा बढि कैलालीका ६० जना, कञ्चनपुरमा ३४, अछामका १६, डडेल्धुरामा १५, दार्चुलामा १२, डोटीका १०, बझाङमा ७, बैतडीमा ६ र बाजुराका तीन जनामा कोरोना पुष्टि भएको छ।

पुष्टि भएका दुई जनाको मृत्यु भईसकेको छ भने १९ जना निको भएर घर फर्किसकेका छन्। अहिलेसम्म धनगढीको प्रयोगशालाबाट एक सय ४६, सुर्खेतको प्रयोगशालाबाट १२, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ र दाङको प्रयोगशालाबाट एक जनामा कोरोना पुष्टि भएको छ।