बझाङमा १० जनाको आरडिटी रिपोर्ट पोजेटिभ
- Eraibar
- २०७७ जेष्ठ २, शुक्रबार १७:४२
- 6 Shares

बझाङ जेठ २ (ई-रैवार)
बझाङमा र्यापिड डाईग्नोस्टिक टेस्ट(आरडिटी) परिक्षण गर्दा १० जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । दुईहप्ताअघि झुलाघाट र धार्चुला नाकाबाट भित्रिएका १० जनामा आरडिटी रिपोर्ट ‘पोजेटिभ’ देखिएको हो। पोजेटिभ देखिनेमा वित्थडचिर गाउँपालिकाका आठजना र बुंगल गाउँपालिकाका दुई जना छन । उनिहरू सबै क्वारेण्टाईनमा राखिएका थिए ।
१४ दिन क्वारेन्टाइनमा राखेपछी शुक्रबार आरडिटी परीक्षण गर्दा उनिहरूको रिपोर्ट पोजेटिभ आएको हो ।
आरडिटी ‘पोजेटिभ’ देखिएकाहरुको थ्रोड स्वाब संकलन गरेर पिसिआर जाँच गर्न धनगढी पठाइएको स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानु जोशीले बताए । आरडिटी पोजेटिभ देखिएका व्यक्तिहरुलाई जिल्ला अस्पताल सिमखेतको आइसोलेसनमा ल्याइएको छ । महाकाली पारिबाट बझाङमा आएका पाँचसय जना र अन्य जिल्लाबाट आएका गरी पाचसय ३१ जना क्वारेन्टाइनमा बस्दै आएका थिए । उनिहरू सबैको आरडिटी परिक्षण भईरहेको छ
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्