April 18, 2026, Saturday
२०८३ बैशाख ५

६१ वर्षिया वृद्धाको ११ दिन छोटो कोरोनामाथिको जीत

धनगढी वैशाख ११(ई-रैवार)
विश्वभर नोवेल कोरोनाभाईरस(कोभीड-१९) बाटवृद्धवृद्धाहरुको बढी निधन भईरहेको छ । जसको सन्त्रास आम जेष्ठनागरिकमा बढी छ । तर, कैलालीको लम्कीचुहा नगरपालिका १ की ६१ बर्षिय पाना बिकले भने ११ दिनमै कोरोनालाई जितेर घर फर्केकि छन।
थ्रोट स्वाव जाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि नयाँ बर्षकै पहिलो दिन बैशाख १ गते उनलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो। त्उसपछि सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना गरिएकी उनलाई दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिर्चाज गरिएको छ ।
बीरगंजको वसपार्कमा चिया पसल संचालन गर्ने उनी त्यहाँबाट आएर चैत १८ गतेदेखि कैलालीको लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा वसेकी थिइन्। र्यापिड टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएपछि यि सहित क्वारेन्टाईनमा वसेका ५२ जनालाई चैत २९ गते क्वारेन्टाईनबाट घर पठाइएको थियो। थ्रोट स्वावको जाँच गर्दा पोजेटिभ आएपछि बैशाख १ गते उपचारका लागि उनलाई अस्पताल भर्ना गरिएको थियो। भने उनी सँगै घर फर्काइएका ५१ जनालाई ल्याएर पुन क्याम्पसमा क्वारेन्टाईनमा राखिएको थियो। लम्की चुहा नगरपालिका प्रमुख महादेव बजगाईले क्वारेन्टाईनमा राखिएका सवैलाई १४ दिनपुगेपछि मात्र छोडिने बताए। उनीहरु ३ दिनपछि घर फर्कने छन।
बीरगंजको वसपार्कमा चिया पसल गर्ने उनी लकडाउनका कारण अलपत्र परेपछि श्रीमान नाती नातिना र आफन्त सहित चैत १७ गते पर्सा जिल्ला प्रशासनले व्यवस्था गरेको वसमा लम्की आएकी थिइन्।
नमुना जाँच गर्दा कोरोना संक्रमणको पुष्टी भएपनि उनलाई शुरुदेखि लक्षण देखा परेको थिएन। रोग निको भएर घर फर्कन पाउदाँ खुशी लागेको उनले बताइन्। अस्पतालवाट कोरोना जितेर सवैभन्दा कम दिनमा उनी घर फर्कन सफल भएकी छन। उनी सँगै सुदूरपश्चिममा कोरोनालाई जितेर घर फर्कनेको संख्या ४ जना पुगेको छ।