November 18, 2026, Wednesday
२०८३ मंसिर ३

कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

धनगढी । कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

शुक्लाफाँटा नगरपालिका–१ तारापुरकी ६० वर्षीया लक्ष्मी डगौराको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो।

प्रहरीका अनुसार गएराति डगौरा आफ्नै कच्ची घरमा सुतिरहेकी थिइन्। सोही क्रममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीले घरमा आक्रमण गर्दा उनी गम्भीर घाइते भएकी थिइन्। घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

हात्ती बस्तीमा प्रवेश गरी घरमै आक्रमण गरेपछि स्थानीयमा त्रास बढेको छ। पछिल्लो समय निकुञ्ज आसपासका बस्तीमा जंगली जनावरको जोखिम बढ्दै गएपछि स्थानीयले मानवीय क्षति रोक्न प्रभावकारी सुरक्षा र नियन्त्रणको माग गर्दै आएका छन्।