April 17, 2026, Friday
२०८३ बैशाख ४

सुदूरपश्चिम प्रदेश सरकार भ्रष्टाचारमा लिप्तः कांग्रेस

धनगढी फागुन ८(ई-रैवार)
सुदूरपश्चिम प्रदेश सरकारको दुईबवर्षे कार्यकाल भ्रष्टचारमा लिप्त भएको नेपाली कांग्रेसले आरोप लगाएको छ । बिहिबार नेपाली कांग्रेस संसदीय दलले धनगढीमा गरेको पत्रकार सम्मेलनमार्फत यस्तो आरोप लगाएको हो ।
‘दुई बर्षको ५४ अर्ब ४२ लाख बराबरको तीन वटा बजेट ल्याएको प्रदेश सरकारले देखिने उपलब्धि दुई÷चारवटा पनि गरेको छैन्। कार्यान्वयन पक्ष अराजक, आर्थिक अनियमितता वरिपरि नै देखिन्छ।’ कांग्रेसद्वारा जारी विज्ञप्तीमा भनिएको छ।
अहिले सम्म १३ प्रतिशत बजेट मात्रै खर्च गरेको प्रदेश सरकारले पुनः असारे प्र्रवृत्ति दोह¥याउने आशंका समेत काँग्रेसले गरेको छ। बजेट तथा कार्यक्रम विधि र पद्धतिलाई उल्लङ्घन गर्दै जनचाहना विपरीत कार्यकर्ताहरु र आसेपासेहरुलाई पृष्ठपोषण गर्ने हिसाबले ल्याइएको समेत कांग्रेसले आरोप लगाएको छ।
कांग्रेस संसदीय दलका नेता डाक्टर रणवहादुर रावलले भने, ‘सुशासन विधेयक संसदबाट २०७५ चैत १५ गते पास हुनु तर प्रमाणिकरण नहुनुले सरकारको नियत भ्रष्टाचार बढाउनमा प्रद्धत देखिन्छ। जसअनुरुप प्रदेश सरकार संस्थागत रुपमा भ्रष्टाचारमा लिप्त छ।’
कांग्रेसले स्रोत साधानलाई पारदर्शिता ढंगले अघि बढाउन प्रतिपक्षीको भुमिका खेल्दै आएको दावी समेत पत्रकार सम्मेलनमा गरिएको छ।