द्वारिकादेवी ठकुरानी फाउण्डेशनद्वारा शैक्षिक सामाग्री बितरण

एकेन्द्र चन्द
डोटी फागुन ८(ई-रैवार): द्वारिकादेवी ठकुरानी फाउण्डेशनले डोटीका पाँचवटा विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । फाउण्डेशनले केआईसिँह गाउँपालिकाका तीनवटा र आदर्श गाउँपालिकाका दुईवटा विद्यालयका दुई सय ६४ विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।
केआईसिँह गाउँपालिका महादेश आधारभूत विद्यालयका एक सय २१ छात्राहरु, मष्टेश्वर आधारभूत विद्यालयका १५ र गंगेश्वर आधारभूत विद्यालयका १० जना टुहुरा बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको फाउण्डेशनले जनाएको छ ।
यस्तै आदर्श गाउँपालिकाको शारदा माध्यामिक विद्यालय मौवा नगरदहका १० जना अपाङ्ग बालबालिका र झुडा आधारभूत विद्यालयका पुरै एक सय आठ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको फाउण्डेशनकी अध्यक्ष प्रतिमा शाहीले जानकारी दिईन् ।
एसियाकै पहिलो महिलो मन्त्रीका रुपमा ठकुरानी नेपालको मन्त्री बनेको ईतिहास छ । ठकुरानीको जन्म डोटीको शिखर नगरपालिका–९ मा भएको थियो । उनको नामबाट २०४६ सालमा यो फाउण्डेशन दर्ता गरेर सामाजिक कार्यहरु थालनी गरिएको शाहीले बताईन् । ‘उहाँ(द्वारिकादेवी ठकुरानी)को ईतिहास अमर छ । उहाँ महिला आन्दोलनको एक ईतिहास नै हो,’ उनले भनिन्,‘उहाँको ईतिहासलाई मनमनमा बसाउन र उहाँप्रतिको सम्मान सदैव जागृत गराउन फाउण्डेशनमार्फत यस्ता कार्यहरु सञ्चालन गर्ने उद्देश्य हाम्रो छ ।’ फाउण्डेशनले बिगतदेखी नै यस्ता सामाजिक कार्यहरु गर्दै आएको उनले बताईन् ।
विश्व ईतिहासमा आफ्नो पहिचान बनाएकी ठकुरानीको नामको फाउण्डेशनबाट सहयोग प्राप्त गर्दा हौसिएको विद्यार्थीहरुले बताएका छन् ।





प्रतिकृया दिनुहोस्