October 19, 2026, Monday
२०८३ कार्तिक ३

आजको मौसम : कर्णाली र सुदूरपश्चिमका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा देशका केही भूभागमा छिटपुट वर्षा भएको छ।

महाशाखाका अनुसार शनिबार कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा सामान्यतया बदली रहनेछ। बाँकी हिमाली तथा देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै लुम्बिनी प्रदेशको हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति देशका हिमाली भूभागमा आंशिक बदली रहनेछ भने पहाडी तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। रातिको समयमा उल्लेखनीय वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ।