April 17, 2026, Friday
२०८३ बैशाख ४

प्रदेशको राजधानी र नामाकरण मुख्य उपलब्धीः मुख्यमन्त्री भट्ट

धनगढी फागुन ६ (ई-रैवार)
सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको नामकरण र राजधानी तोक्नु प्रदेश सरकारको मुख्य उपलब्धी भएको बताएका छन् ।
मंगलबार कैलालीको चुरे गाउँपालिका–६ स्थित बयलामा मेलकट्टेश्वर माध्यमिक विद्यालयको ५९औँ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुुन् ।
सरकारको दुईवर्षे कार्यकालको समिक्षा गर्दै उनले सरकारले संघीयताको जग बसाउने काम गरेको बताए । ‘हामीले संघीयताको जग बसाउने काम गरेका छौ,’उनले भने,‘प्रदेशको नामाकरण र राजधानी हाम्रो मुख्य उपलब्धी हो । धेरै प्रदेशले अझै यो टुंग्याउन नसक्दा अलमलमा छन् ।’
आफ्नो दुईबर्षे कार्यकालमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास लगायत विषयलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गरिरहेको बताए ।
यस्तै ३१ वटा कानून निर्माण गरी सरकारबाट सेवा प्रवाह भइरहेको बताए ।