October 8, 2026, Thursday
२०८३ आश्विन २२

डोटीमा चट्याङ लागेर ७ वर्षीया बालिकाको मृत्यु

डोटी । डोटीमा चट्याङ लागेर ७ वर्षीया बालिकाको मृत्यु भएको छ।

जोरायल गाउँपालिका–६ बसौटीका भुपेन्द्र साउँदकी छोरी रञ्जना साउँदको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

प्रहरीका अनुसार बुधबार घरको आँगनमा खेलिरहेका बेला नजिकै रहेको बिजुलीको पोलमा चट्याङ परेको थियो। चट्याङ लागेर घाइते भएकी रञ्जनालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

घटनाबारे थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।