October 24, 2026, Saturday
२०८३ कार्तिक ८

कांग्रेस कैलाली-५ प्रदेशसभा ‘क’ सभापतिमा माधवराज राना विजयी

धनगढी । नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५ प्रदेशसभा ‘क’को सभापतिमा माधवराज राना विजयी भएका छन्।

रानाले १६१ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी निरज विष्टले १४८ मत प्राप्त गरे।

यस्तै, प्रदेशसभा ‘क’को सचिवमा गणेशराज जोशी विजयी भएका छन्। जोशीले १८६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी हिराप्रसाद जोशीले १११ मत पाए।

सभापति पदमा राना १३ मतको अन्तरले विजयी भएका हुन् भने सचिवमा गणेशराज जोशी ७५ मतको अन्तरले निर्वाचित भएका छन्।