जेनजी सहिद दिवस आज : सरकारले दियाे आन्दोलनमा ज्यान गुमाएका युवाको सम्झनामा सार्वजनिक बिदा

काठमाडाैँ । गत भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना तथा सम्मानमा आज जेनजी सहिद दिवस मनाइँदै छ।
आन्दोलनका क्रममा ठूलो जनधनको क्षति हुनुका साथै मुलुकको राजनीतिक परिस्थितिमा समेत व्यापक उथलपुथल आएको थियो। आन्दोलनमा ज्यान गुमाएका युवाप्रति सम्मान प्रकट गर्दै सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।
सरकारले आन्दोलनका सहिदको योगदान र बलिदानलाई स्मरण गर्दै विभिन्न कार्यक्रममार्फत श्रद्धाञ्जली अर्पण गर्ने जनाएको छ। देशका विभिन्न स्थानमा सहिद परिवार, युवा तथा नागरिक समाजको सहभागितामा स्मृतिसभा र श्रद्धाञ्जली कार्यक्रम आयोजना हुँदैछन्।
यसैबीच, भदौ १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले जेनजी सहिद दिवसका अवसरमा आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
जेनजी आन्दोलनपछि नेपालको राजनीतिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण परिवर्तनहरू देखिएका छन्। आन्दोलनमा ज्यान गुमाएका युवाको सपना र योगदानलाई स्मरण गर्दै उनीहरूले उठाएका सवाल तथा माग सम्बोधन गर्नुपर्ने आवाजसमेत उठ्दै आएको छ।



प्रतिकृया दिनुहोस्