September 11, 2026, Friday
२०८३ भाद्र २६

प्रेस युनियन डोटीको अध्यक्षमा महरा, नयाँ कार्यसमिति सर्वसम्मत चयन

डोटी । नेपाल प्रेस युनियन जिल्ला शाखा डोटीको अध्यक्षमा केशव चन्द्र महरा ‘पवन’ चयन भएका छन्। आइतबार सम्पन्न छैटौँ जिल्ला अधिवेशनले महराको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा विक्रमबहादुर खड्का र प्रेमा कुमारी धामी ‘प्रतीक्षा’, सचिवमा दीपेन्द्र खड्का, सहसचिवमा राज पार्की तथा कोषाध्यक्षमा एकेन्द्र चन्द चयन भएका छन्।

त्यस्तै सदस्यहरूमा इन्द्र शाही, टेकबहादुर चन्द, लाली खड्का, महेश ओझा, दिनेश जोशी, कृष्ण मलासी, लक्ष्मी विक, सङ्गीता विक र रमेश मगर चयन भएका छन्।

अधिवेशनले जिल्लामा पत्रकारिता क्षेत्रको संस्थागत विकास, पत्रकारको व्यावसायिक हकहित तथा प्रेस स्वतन्त्रताको संरक्षणमा नयाँ कार्यसमितिले प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।