बडीकेदार गाउँपालिकाको भवन सिलान्यास

एकेन्द्र चन्द
बडीकेदार(डोटी), मंसिर २६ः भाँडाको घरमा बसेर सेवा दिईरहेको बडीकेदार गाउँपालिकाले आफ्नै भवनको निर्माण थालेको छ । गाउँपालिका अध्यक्ष कृष्णबहादुर चन्दले बुुधबार सिलान्यास गर्दै निर्माण कार्य थालिएको हो । गाउँपालिकाको केन्द्र बडीकेदार गाउँपालिका–२ खड्यौलीमा भवन निर्माण हुन लागेको हो ।
भवनको सिलान्यास गर्दै अध्यक्ष चन्दले गाउँपालिकाको आफ्नै भवन निर्माण आवश्यकीय पूर्वाधार रहेको बताए । ‘अहिलेसम्म हामीले साँघुरो भाँडाको घरबाट सेवा दिँदा निकै कठिनाई भोगिरेहका छौ,’ उनले भने,‘नयाँ निर्मित स्थानीय तह, विकट ठाउँको केन्द्र रहेकाले उपयूक्त भौतिक संरचना पाउन पनि गाह्रो थियो । हालसम्म जग्गा प्राप्तीमा समय लाग्यो ।’ जग्गा प्राप्तीपछि भवन निर्माण योजना सारिएको बताए । उनले यथासक्य चाँडो भवन निर्माण सक्न ठेकेदारलाई निर्देशन दिए ।
७० लाखको कुल लागतमा ‘प्रिफ्याब’ मोडलमा भवन निर्माण हुन लागेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपकराज पाण्डेयले जानकारी दिए । उनले भने,‘भवनमा सभा हल, सबै विषयत शाखाका कार्यकक्षहरु अटाउने कार्यकक्ष, अध्यक्ष÷उपाध्यक्ष कार्यकक्षहरु बन्नेछन् ।’ जसमा कुल २२ कोठा निर्माण हुने उनले बताए ।
भवनको निर्माणको जिम्मा एस.एस. कन्सट्रक्सन दिपायलले पाएको छ । एकवर्षभित्रै भवन निर्माण गर्ने सहमती रहेको गाउँपालिकाले जनाएको छ ।
उता पाँचवटा वडाहरु रहेको गाउँपालिकाका एउटा वडामा मात्रै वडा कार्यालयसंग आफ्नै भवन छ । वडा नम्बर–२ संग मात्रै आफ्नै भवन हुँदा १, ४ ५ को भवन निर्माण कार्यपनि चलिरहेको छ । वडा नम्बर ३ मा पनि यथासिघ्र भवन निर्माण गर्ने गाउँपालिकाको योजना रहेको उपाध्यक्ष ईन्द्रा भाट बोहराले बताईन् ।





प्रतिकृया दिनुहोस्