July 28, 2026, Tuesday
२०८३ श्रावण १२

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, पहिलो चरणका केन्द्रीय सदस्य र पदाधिकारी मनोनयन हुने

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी महामन्त्री विपिन आचार्यका अनुसार केन्द्रीय समितिको बैठक साउन १३ गतेका लागि बोलाइएको हो ।

महामन्त्री आचार्यद्वारा जारी सूचनाअनुसार बैठक साउन १३ गते बुधबार बिहान ११ बजे वनस्थलीस्थित घण्टीघरमा रहेको केन्द्रीय कार्यालयमा बस्नेछ।

बैठकमा पाँच वटा एजेन्डामाथि छलफल हुने जनाइएको छ। कार्यसूचीमा सम्पन्न महाधिवेशनको समग्र समीक्षा, आवश्यक कार्यविधिको तर्जुमा तथा परिमार्जन, साङ्गठनिक व्यवस्थापन तथा मनोनयन, आगामी अभियान तथा कार्यक्रम सञ्चालन तथा विविध विषय समावेश छन्।

बैठकको पहिलो चरणमा पार्टीको ५१ केन्द्रीय सदस्य र पदाधिकारीको मनोनयन प्रक्रिया अगाडि बढ्ने भएको छ । बैठकमा सभापति रवि लामिछानेले केन्द्रीय सदस्य र त्यसपछि पदाधिकारी मनोनयनका लागि प्रस्ताब बोलाएका अधि सार्ने छन् । 

केन्द्रीय समितिको बैठकमा पहिलो चरणको मनोनयन हुने् महामन्त्री आचार्यले बताए । ‘पहिलो चरणको मनोनयन हुन्छ । कति जना केन्द्रीय सदस्य र पदाधिकारी भन्ने कुरा ठ्याक्कै स्पष्ट भइसकेको छैन । केन्द्रीय सदस्य र पदाधिकारी पनि मनोनयन हुन्छ,’ आचार्यले भने । 

सम्पन्न महाधिवेशनको समग्र समीक्षा, आवश्यक कार्यविधिहरूको तर्जुमा तथा परिमार्जन, सांगठनिक व्यवस्थापन तथा मनोनयन, आगामी अभियान तथा कार्यक्रम सञ्चालन र विविध गरी पाँच एजेन्डामा छलफल हुने आचार्यले जानकारी दिए । 

रास्वपाको विधानको व्यवस्थाअनुसार ५१ केन्द्रीय सदस्य सभापतिबाट मनोनित हुने छन् र ९९ केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित भएका छन् ।