धनगढीमा आत्मदाहको प्रयास गरेका युवकको मृत्यु

धनगढी : शरीरमा पेट्रोल छर्केर धनगढीमा आत्मदाहको प्रयास गरेकी एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–७ का ३५ वर्षीय ज्योति चौधरी रहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश बिष्टका अनुसार चौधरीले आइतबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । आफन्तले उनलाई तत्काल उद्धार गरी सेती प्रादेशिक अस्पताल पुर्याएका थिए । उपचारका क्रममा उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको चिकित्सकले बताएका थिए ।
गम्भीर अवस्थाका उनलाई थप उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज लैजाने तयारी गरिए पनि आफन्तले काठमाडौँ लगेका थिए। काठमाडौँ लैजाँदै गर्दा आइतबार अपराह्न ४ बजेतिर धादिङ पुग्दा बाटोमै उनको मृत्यु भएको प्रहरी निरीक्षक बिष्टले जानकारी दिए।
मृतकको शव कैलाली फिर्ता ल्याउने प्रक्रिया अघि बढाउनुका साथै घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिकृया दिनुहोस्