बझाङमा एक जनाको हत्या, ६ आरोपित पक्राउ
- Eraibar
- २०८३ असार २१, आईतवार १४:४८
- 1 Shares

धनगढी : बझाङमा एक जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङले दिएको जानकारी अनुसार केदारस्युँ गाउँपालिका–६ को त्याडीगाउँका ४२ वर्षीय मोहनबहादुर बोहराको हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले बोहराको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले अनुसन्धानका लागि ६ जनालाई नियन्त्रणमा लिएको बताए ।
प्रहरी नायब उपरीक्षक जोराले शुक्रबार साँझ आपसी विवादका क्रममा बोहराको हत्या गरेको पाइएकोले ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए ।
बोहराको शव मकै बारीमा फालेको अवस्थामा फेला परेको छ । डीएसपी जोराले अहिले उनीहरूमाथि अनुसन्धान भइरहेको बताउँदै घटनाबारे विस्तृत विवरण त्यसपछि सार्वजनिक गरिने जानकारी दिएका छन् ।
-
पत्रकार जोशी सम्मानित
२०८३ असार १६, मंगलवार २१:४२ -
देशैभर फैलिँदै मनसुन, प्राधिरकणले भन्यो- सतर्क रहनू
२०८३ असार १५, सोमबार १०:३४ -
कैलालीको अत्तरियामा झण्डै साढे तीन किलो चरेससहित तीन जना पक्राउ
२०८३ असार १५, सोमबार ११:२५ -
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह परे ट्राफिक कारबाहीमा
२०८३ असार १८, बिहीबार १३:३३ -
अस्तव्यस्तताबीच रास्वपामा नयाँ नेतृत्व
२०८३ असार १३, शनिबार १२:००





प्रतिकृया दिनुहोस्