पत्रकार जोशी सम्मानित

धनगढी : चलचित्र पत्रकार संघ नेपाल, कैलाली शाखाका संस्थापक अध्यक्ष पुष्पराज जोशी सम्मानित भएका छन्।
सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा चलचित्र पत्रकार संघ नेपाल, कैलाली शाखाको समन्वयमा आयोजित एक कार्यक्रममा पत्रकार जोशी सम्मानित भएका हुन ।
मगलबार धनगढीमा आयोजित ‘चलचित्र क्षेत्रका विज्ञहरूसँग चलचित्र विकास तथा नियमन सम्बन्धी अन्तरक्रिया कार्यक्रम’ मा उनले सुदूरपश्चिमको भाषा, कला, साहित्य र संस्कृतिका क्षेत्रमा पत्रकारिताका माध्यमबाट पुगाएको योगदानको कदर गर्दै सम्मानित गरिएको आयोजकले जनाएको छ।
पत्रकार जोशीलाई उक्त कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दोसल्लासहित सम्मान पत्रले सम्मानित गरेका हुन् ।
जोशी विगत २२ वर्षदेखि सुदूरपश्चिमको भाषा, कला, साहित्य र संस्कृतिका साथै वन, वातावरण र सामाजिक विषयमा निरन्तर कलम चलाउने पत्रकार हुन् ।
पत्रकार जोशीले सम्मानपछि सम्बोधन गर्दै समाजप्रति अझ बढी दृढ र जिम्मेवारी बोध गराएको बताए । जोशीसंगै कार्यक्रममा पत्रकार भानुभक्त आचार्य र सुदूरपश्चिमको ठाडी भाखाकी कोकिलकण्ठ डिक्रादेवी बादीलाई पनि सम्मानित गरिएको थियो ।





प्रतिकृया दिनुहोस्