July 5, 2026, Sunday
२०८३ असार २१

आफ्नै घरको सिँढीमा भेटिइन् युवती मृत अवस्थामा फेला

धनगढी : कैलालीको पवेरामा आफ्नै घरको सिँढीमा युवती मृत भेटिएकी छन् । कैलारी गाउँपालिका–५ पवेराकी अन्दाजी ३५ वर्षीया सजिना माँझी आफ्नै घरको सिँढीमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शुक्रबार राति उनी घरको सिँढीमा मृत अवस्थामा भेटिएकी हुन् । घटनाको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

मृत्युको कारण भने खुलेको छैन ।