‘धुरन्धर–२’ पाकिस्तानमा नम्बर एक ट्रेन्डिङमा, नेटफ्लिक्समा २४ घण्टामा २० करोड भ्यूज, सर्भर क्र्यास !

काठमाडौं : रणवीर सिंह अभिनीत बलिउड सिनेमा ‘धुरन्धर–२’ पाकिस्तानमा नेटफ्लिक्समा रिलिज भएपछि सर्भर क्र्यास भएको छ । पाकिस्तानमा ‘धुरन्धर–२’ नम्बर एक ट्रेन्डिङ सिनेमा बनेको छ ।
पाकिस्तानी कन्टेन्ट क्रिएटर माविया उमर फारुकीले सर्भर नै क्र्यास भएको दाबी गरे पनि यसको आधिकारिक पुष्टि भने भएको छैन ।
फारुकीले पाकिस्तानका मानिस मे १५ मा बिहान १२ बजे फिल्म रिलिज हुने प्रतीक्षामा थिए । फिल्म रिलिज हुने बित्तिकै ठूलो संख्यामा दर्शकले एकैसाथ हेर्ने प्रयास गरेका थिए । सिनेमा हेर्न पाकिस्तानीहरू उत्सुक थिए । दर्शक फिल्म कस्तो छ, रणवीर सिंहले कसरी भूमिका निभाए र लियारीलाई सिनेमामा चित्रण गरिएका घटनाहरू कति सही थिए भन्ने जान्न दर्शक उत्सुक थिए ।
भिडियोमा, फारुकीले ‘धुरन्धर–२’ पाकिस्तानमा नेटफ्लिक्समा नम्बर एकमा ट्रेन्डिङमा रहेको बताएका छन् । उनका अनुसार, फिल्मले २४ घण्टामा पाकिस्तानमा लगभग २० करोड भ्यूज प्राप्त गरेको छ, जसले गर्दा यो देशको सबैभन्दा छिटो समयमा धेरै हेरिने चलचित्र बनेको छ । उनले रिलिज भएको २४ घण्टाभित्र पाकिस्तानमा यसअघि नम्बर एक स्थान कुनै पनि सिनेमाले हासिल नगरेको बताएका छन् ।
२० करोड भ्यूजको अर्थ २० करोड फरक–फरक मानिसले चलचित्र हेरे भन्ने होइन । कुनै पनि व्यक्तिले चलचित्र हेर्दा प्रत्येकपटक हेरेको भ्युज गनिन्छ ।
चलचित्रको तीन घण्टा ५२ मिनेटको अनकट संस्करण नेटफ्लिक्स पाकिस्तानमा उपलब्ध छ ।
भारतमा भने जुन ४ मा ओटीटी रिलिज हुँदै छ । जियो–हटस्टारले भारतमा ‘धुरन्धर–२’ को डिजिटल अधिकार लिएको छ । जुन ४ मा साँझ ७ बजे डिजिटल प्रिमियर हुनेछ । जुन ५ मा मात्र जिओ–हटस्टारमा स्ट्रिमिङ सुरु हुने समाचारमा उल्लेख छ ।
‘धुरन्धर–२’ भारतको दोस्रो सर्वाधिक कमाई गर्ने सिनेमा बनेको छ । यो सिनेमाले हालसम्म भारतमा लगभग ११.४५ करोड र विश्वव्यापी रूपमा १७ सय ९७ करोड कलेक्सन गरेको छ । दैनिक भाष्कर





प्रतिकृया दिनुहोस्