ग्रिनेड पड्किदा नेपाली सेनाको मृत्यु, एक घाईते

धनगढी : कैलालीमा ग्रिनेड विस्फोट हुँदा एक नेपाली सेनाको मृत्यु भएको छ, भने अर्को एक जना छर्रा लागेर घाईते भएका छन् ।
कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा फायरिङ अभ्यास गर्ने क्रममा बिहीबार बिहान ग्रिनेड पड्किँदा नेपाली सेनाका हुद्दा हिमाल विक्रम बिष्ट र सहसेनानी हिमराज जोशी घाइते भएका थिए।
गम्भीर घाइते भएका बिष्टको लम्कीस्थित लालरत्न अस्पताल मा उपचारका क्रममा दिउँसो करिब १२ बजेतिर मृत्यु भएको थियो।
घाइते सहसेनानी जोशीलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको नेपाली सेनाको स्रोतले जनाएको छ।
सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोराङ्गे ब्यारेकबाट फायरिङ अभ्यासका लागि मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा उनीहरू खटिएका थिए।
ग्रिनेड पड्काउने क्रममा बिष्ट गम्भीर घाइते भएका थिए भने नजिकै रहेका जोशीलाई छर्रा लागेको बताइएको छ।



प्रतिकृया दिनुहोस्