आईसीसी विश्व कप लिग २ : नेपालले पहिला फिल्डिङ गर्ने

काठमाडौं : आईसीसी विश्व कप लिग २ मा नेपालविरुद्ध स्कटल्यान्डले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ।
नेपालसँग अंक तालिकाको शीर्षस्थानमा रहेको स्कटल्यान्डसँग पहिलो खेलमा डिएल मेथडमा २ रनले भोगेको पिडादायी हारको बदला लिने चुनौती रहेको छ।
अमेरिकाविरुद्ध नेपालले ब्याटिङमा देखाएको प्रदर्शनलाई निरन्तरता दिन न जरूरी छ। पछिल्लो खेलकै प्लेइङ इलेभेनलाई नै आज निरन्तरता दिइएको छ।
रोहित पौडेलको कप्तानीमा आज आशिफ शेख, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, इशान पाण्डे, र कुशल भुर्तेल मैदानमा उत्रनेछन्।
विनोद भण्डारी, अर्जुन कुमाल, करण केसी र भीम सार्कील प्लेइङ इलेभेनमा छैनन्। जारी सिरिजमा स्कटल्यान्ड २ र नेपालले समान १ खेल जितेका छ।
नेपाल पहिलो खेलमा स्कटल्याण्डसँग डिएल मेथडमा २ रनले हारेको थियो। अमेरिकालाई ९ विकेटले हराएको थियो। नेपाल भने सातौं स्थानमा रहेको छ।





प्रतिकृया दिनुहोस्