कृषकलाई प्रोत्साहन गर्दै कृष्णपुर नगरपालिकाद्वारा कृषि सामग्री वितरण

धनगढी : कञ्चनपुरको कृष्णपुर नगरपालिकाले किसानलाई कृषि कर्ममा सहजता ल्याउने उद्देश्यले अनुदानमा कृषि सामग्री वितरण गरेको छ । नगरपालिकाका ९ वटै वडाका ५९ जना किसानलाई स्प्रे ट्याङ्की तथा ३२ जना किसानलाई तरकारी खेतीका लागि टनेल प्लाष्टिक वितरण गरिएको हो ।
कृषि सामग्री नगरपालिकाका प्रमुख हेमराज ओझाले हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै मेयर ओझाले मेहनती तथा व्यवसायिक कृषकलाई प्रोत्साहन गर्न ५० प्रतिशत अनुदानमा विभिन्न कृषि उपकरण तथा सामग्री वितरण गरिँदै आएको बताए । उनले हालसम्म नगरभित्रका ९१ जना कृषकलाई कृषि सामग्री तथा उपकरण उपलब्ध गराइएको जानकारी दिए ।
नगरपालिकाले कृषि उत्पादन वृद्धि, तरकारी खेती विस्तार तथा किसानको लागत घटाउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको कृषि विकास शाखाका प्रमुख लालबहादुर धामीले बताए ।





प्रतिकृया दिनुहोस्