May 17, 2026, Sunday
२०८३ जेष्ठ ३

आईपिएलमा आज बेंगलुरु र पन्जाब प्रतिस्पर्धा गर्दै

काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपिएल)मा आइतबार रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)र पन्जाब किंग्सबीच प्रतिस्पर्धा हुँदैछ।

खेल धर्मशालमा रहेको हिमालञ्चल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियमा दिउँसो ३:४५ बजेबाट सुरु हुनेछ। शीर्ष स्थानमा रहेको आरसीबीले १६ अंक बटुल्दै प्लेअफको सम्भावना बलियो राखेको छ। चौथो स्थानमा रहेको पन्जाब भने प्लेअफमा आफ्नो स्थान बनाउनका लागि आजको खेल जित्नै पर्ने दबबामा रहेको छ।

दुवै टोलीले जारी आईपिएलमा समान १२-१२ खेल खेलेका छन्। आरसीबी ८ खेलमा विजयी हुँदा ४ खेलमा पराजय भोगेको छ। त्यस्तै पन्जाबले भने ६ खेलमा जित हासिल गर्द ५ खेलमा पराजय भोगेको छ।

कोलकातासँग गुजरातको हार

हिजो भएको खेलमा कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई २९ रनले हराउँदै महत्वपूर्ण जित निकालेको थियो।

इडेन गार्डेन्समा भएको खेलमा कोलकाताले पहिले ब्याटिङ गर्दै २० ओभरमा २ विकेट गुमाएर २ सय ४७ रन बनायो।

कोलकाताका फिन एलनले उत्कृष्ट ब्याटिङ गर्दै ३५ बलमा ९३ रन बनाए। उनले १० छक्का र ४ चौका प्रहार गरे। त्यस्तै अंगकृष रघुवंशी ४४ बलमा ४ चौका र ७ छक्कसहित ८२ रनमा अविजित रहे । २८ बलमा ३ चौका र ४ छक्कासहित क्यामरन ग्रीनले अविजित ५२ रन बनाए।

२ सय ४८ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर २ सय १८ रन मात्र बनाउन सक्यो। गुजरातका कप्तान शुभमन गिलले ४९ बलमा ५ चौका र ७ छक्कासहित ८५ रन बनाए ।

जोस बटलरले ३५ बलमा ५ चौका र २ छक्कसहित ५७ रन जोडे। साई सुदर्शन २८ बलमा ६ चौका र ३ छक्कसहित ५३ रनमा अविजित रहे।

यी उत्कृष्ट प्रदर्शनका बाबजुद गुजरात लक्ष्यसम्म पुग्न सकेन र कोलकाताले २९ रनको जित निकाल्यो।
यो जितसँगै कोलकाताले आइपिएलमा आफ्नो प्ले अफ सम्भावना कायम राखेको छ।

गुजरात हिजो खेल जितेको भए प्ले अफमा पुग्ने पहिलो टोल बन्थ्यो। १६ अंकसहित गुजरात दोस्रो र ११ अंकसहित कोलकाता सातौं स्थानमा छ।