कञ्चनपुरमा श्रीमान्को शव फेला, श्रीमती पक्राउ
- Eraibar
- २०८३ जेष्ठ ४, सोमबार १३:५२
- 2 Shares

कञ्चनपुर : कञ्चनपुरमा एक पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार दोधारा चाँदनी नगरपालिका–५ मा ४५ वर्षीय लिलाराम सुनारको धारिलो हतियार प्रहार गरेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिरेन्द्र थापाले सुनार सोमबार बिहान आफ्नै घरमा मृत अवस्थामा फेला परेको जानकारी दिए ।
घटनापछि प्रहरीले श्रीमती यशोदा सुनारलाई नियन्त्रणमा लिएको छ । यशोदाले नै प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरी निरीक्षक थापाका अनुसार मृतकको घाँटीमा धारिलो प्रहार भएको पाइएको छ ।
घटनास्थलबाट चक्कु पनि बरामद भएको प्रहरीले जनाएको छ । घरमा श्रीमान् श्रीमती मात्र बस्दै आएका थिए ।
घटनाबारे थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
- प्रतिनिधिसभामा नयाँ नियमावली पेस, शून्य समयमा कुन सांसदले के भने ?
- श्रम संस्कृति पार्टीले संसदमै गर्यो प्ले कार्डसहित प्रधानमन्त्रीको विरोध
- लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा मुछिएका पूर्व कृषिमन्त्री चौधरी धरौटीमा रिहा
- ‘धुरन्धर–२’ पाकिस्तानमा नम्बर एक ट्रेन्डिङमा, नेटफ्लिक्समा २४ घण्टामा २० करोड भ्यूज, सर्भर क्र्यास !
- इरानको शान्ति प्रस्तावमा यी हुन् अमेरिकाले सारेका पाँच सर्त
-
आईपिएलमा आज बेंगलुरु र पन्जाब प्रतिस्पर्धा गर्दै
२०८३ जेष्ठ ३, आईतवार १२:४४ -
लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा मुछिएका पूर्व कृषिमन्त्री चौधरी धरौटीमा रिहा
२०८३ जेष्ठ ४, सोमबार ११:३२ -
प्रतिनिधिसभामा नयाँ नियमावली पेस, शून्य समयमा कुन सांसदले के भने ?
२०८३ जेष्ठ ४, सोमबार १४:०९ -
चुरेको गुणीका ११८ विद्यार्थीलाई झोला वितरण
२०८३ बैशाख २९, मंगलवार १३:०२ -
सरकार विधिको शासनभन्दा व्यक्तिको शासनतर्फ उन्मुख भयो : नैनसिंह महर
२०८३ जेष्ठ ३, आईतवार १५:०३





प्रतिकृया दिनुहोस्