डोटी प्रिमियर लिग क्रिकेटः खप्तड टाईगर्स, कुमालीकोट र शिखर ‘बि’ विजयी

दिपायल कार्तिक ५(ई-रैवार)
दिपायलमा शुरु भएको ‘डोटी प्रिमियर लिग क्रिकेट’ प्रतियोगिता अन्तर्गत मंगलबार तिनवटा खेल भएका छन् । सोमबार उद्घाटन भएको प्रतियोगिता अन्तर्गत मंंगलबारबाट खेलहरु शुरु भएका हुन् ।
जसअन्तर्गत पहिलो खेल खप्तड टाईगर्स पूर्वीचौकी र जोरायलबीच भएको थियो । जसमा खप्तड टाईगर्सले ६५ रनको फराकिलो जीत निकाल्यो । टस हारेर व्याटिङको निम्तो पाएको खप्तडले निर्धारित १५ ओभरमा नौ विकेट गुमाउदै एक सय २३ रनको योगफल तयार पा¥यो । जसमा संगम खड्काले १६ बलमा ३५, रोशन साउँदले २४ रनको योगदान दिए ।
बलिङ तर्फ जोरायलका दिनेश देउवा, आशिष देउवा, जगदिश बोगटी र दिपेन्द्र मल्लले तिन÷तिन ओभर बलिङ गर्दै समान २÷२ विकेट लिए ।
एक सय २४ रनको लक्ष्यसहित जवाफी व्याटिङमा उत्रिएको जोरायल ११ ओभर दुई बलमा सबै विकेट गुमाउदै ५९ रनमा समेटियो । जोरायलका तर्फबाट सन्तोष देउवाले १८ रन जोड्नुबाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।
बलिङमा खप्तड टाईगर्सका सुरेन्द्र कठायतले तीन ओभरमा १४ रन खर्चेर ४ विकेट लिदा, एक ओभर बलिङ गर्दै दुर्ई रन खर्चेर तीन विकेट लिए । संगम खड्काले २ विकेट हात पारे ।
यस्तै दोस्रो खेल कुमालीकोट माध्यामिक विद्यालय र शिखर नगरपालिका ‘ए’ बीच भएको थियो । जसमा कुमालीकोट ८ विकेटले विजयी भयो ।
टस जितेर व्याटिङ रोजेको शिखर ‘ए’ ११ ओभरमा अलआउट हुँदै ६३ रनको झिनो योगफलमा समेटियो । जसमा प्रकाश केसीले २४ रन जोड्नुबाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । शिखर ‘ए’लाई सस्तैमा समेट्ने क्रममा कुमालीकोटका भुवन कार्कीले ३, टेकेन्द्र बोहरा र चन्दन रावलले २÷२ र नारायण जोशी र महेश अधिकारीले एक÷एक विकेट लिए । शिखरका एक व्याट्सम्यान रनआउट भए ।
झिनो लक्ष्य पछ्याएको कुमालीकोटले पाँच ओभर तिन बलमै दुई विकेट गुमाएर लक्ष्य भेट्टायो । जसमा बिपिन रावलले अविजित २३, खडक बोहराले १८ र चन्दन रावलले अविजित १२ रन जोडे । शिखर एका भरत बलायर र कृष्ण बिष्टले एक÷एक विकेट लिए ।
तेस्रो खेलमा शिखर ‘बि’ले दिपायल सिलगढी नगरपालिका–२ लाई ४४ रनले पराजित गरेको छ । टस जितेर व्याटिङ रोजेको शिखर ‘बि’ले निर्धारित १५ ओभरमा तीन विकेट गुमाउदै एक सय ३४ रन बनायो । जसमा मनोज ओझाले अविजित ४७, भरत विष्टले ३३ र अर्जुन साउँदले २० रनको योगदान दिए । बलिङमा दिपायल सिलगढी–२ का रिदम बलायर, दीपक कठायत र मानध्वज लुहारले एक÷एक विकेट लिए ।
जवाफी व्याटिङमा उत्रिएको दिपायल सिलगढी–२ सबै विकेट गुमाउदै ९० रनमा समेटियो र ४४ रनको हार व्यहो¥यो । जसमा विबेक भण्डारीले २४, तेज मेधासीले २२ र दीपक कठायतले १४ रन बनाए ।
दिपायल सिलगढी–२ लाई रोक्ने क्रममा शिखर ‘बि’का भोजराज भट्ट र भरत बिष्टले तिन÷तिन र अदीप महराले २ विकेट लिए ।
नयाँ समाज नेपाल नामक संस्थाको आयोजनामा पहिलोपल्ट शुरुवात गरिएको लिगको प्रथम हुने टिमले दुई लाख एघार हजार एक सय एघार रकम पुरुस्कार जित्नेछ ।





प्रतिकृया दिनुहोस्