ब्राउन सुगरसहित नेपालका ३ युवक भारतमा पक्राउ
- Eraibar
- २०८२ चैत्र ३, मंगलवार १७:०९
- 5 Shares

धनगढी : ब्राउन सुगरसहित तीन जना नेपाली नागरिक भारतमा पक्राउ परेका छन्। भारतको खिरी जिल्लामा लागूऔषध ब्राउन सुगरसहित कैलालीका तीन जना नेपाली नागरिक पक्राउ परेका हुन्।
एसएसबीका अनुसार सोमबार साँझ खिरी जिल्लाको सम्पूर्णानगरस्थित बसही क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र प्रहरीको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा कैलालीको गोदावरीका प्रदीप चौकाल, विनोद पुन मगर र विमल चन्द रहेका एसएसबीले जनाएको छ। उनीहरू सवार पल्सर मोटरसाइकलबाट ८ दशमलव ५० ग्राम ब्राउन सुगर बरामद गरिएको हो।
पक्राउ परेका तीनै जनालाई आवश्यक कानुनी कारबाहीका लागि सम्पूर्णानगर प्रहरीको जिम्मा लगाइएको छ। पछिल्लो समय कञ्चनपुरको दक्षिणी सीमा क्षेत्रमा लागूऔषध ओसारपसारका घटनाहरू बढ्दै गएका छन्।
- संविधानका ३०८ मध्ये २४५ धारा संशोधन गर्न कार्यदलको सुझाव: संविधान संशोधन गर्न खोजिएको कि पुनर्लेखन ?
- डडेल्धुरामा जीप दुर्घटना हुदाँ २ जनाको मृत्यु, ३ जना घाइते
- कमैया मुक्तिको २६ वर्ष- समस्या जहाँको त्यहीँ, पूर्जा छ, छैन स्रेस्ता
- आज बिहानैदेखि वर्षा : भारीदेखि अति भारी वर्षा हुने सम्भावना, सतर्क रहन आग्रह
- नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना
-
धनगढीमा प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा-२०८३ प्रतियोगिता हुने
२०८३ असार २४, बुधबार १६:४५ -
साउन १ देखि थपिँदैछ सात क्षेत्रमा नयाँ करको भार: कसलाई कस्तो असर ?
२०८३ असार ३२, बिहीबार २०:२९ -
सुदूरपश्चिमको बजेट अनिश्चिततातर्फ, मुख्यमन्त्रीद्वारा एमालेलाई सरकार छाड्न या प्रस्ताव फिर्ता लिन आग्रह
२०८३ असार २७, शनिबार १८:५९ -
गम्भीर घाइते बन्दनाको उपचारमा निसर्ग हस्पिटलको ३२ लाख निशुल्क, २ वर्षपछि डिस्चार्ज
२०८३ असार ३२, बिहीबार २०:०८ -
आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी
२०८३ श्रावण १, शुक्रबार ०९:१०





प्रतिकृया दिनुहोस्