प्रत्येक मतदान बुथको सुरक्षाका लागि एमालेले ३० जना भोलेन्टियर फोर्स खटाउँदै

काठमाडौँ : नेकपा एमालेले प्रत्येक मतदान बुथको सुरक्षाका लागि ३० जना भोलेन्टियर फोर्स खटाउँने भएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई निष्पक्ष र सुरक्षित बनाउन एमालेले विशेष सुरक्षा रणनीति अपनाउने बताएका हुन् ।
उनले निर्वाचनका दिन देशभरका प्रत्येक मतदान केन्द्रमा कम्तीमा ३० जनाका दरले ‘नेशनल युथ फोर्स’ का स्वयंसेवक खटाइने बताएका छन् । ओलीले पार्टीद्वारा गठित ‘नेशनल भोलेन्टियर्स फोर्स’ ले देशका संवैधानिक र राज्यका महत्वपूर्ण संरचनामाथि हुने सम्भावित आक्रमण रोक्ने बताए ।
झापाको दमकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राज्यका संरचना जोगाउन संगठित युवा शक्तिको परिचालन आवश्यक रहेको धारणा राखेका हुन् ।
विगतका विभिन्न आन्दोलनका क्रममा सरकारी संरचनामाथि भएका तोडफोड र आगजनीका घटनाबाट पाठ सिक्दै यो फोर्स गठन गरिएको स्पष्ट पारेका छन् ।





प्रतिकृया दिनुहोस्