निर्वाचन आयोगद्वारा चुनावी प्रचारमा बालबालिकाको प्रयोग नगर्न निर्देशन
- Eraibar
- २०८२ फाल्गुन ११, सोमबार १९:२१
- 2 Shares

काठमाडौँ : निर्वाचन आयोगले आगामी चुनावी अभियानमा बालबालिकाको प्रयोग नगर्न सबै राजनीतिक दल र उम्मेदवारलाई निर्देशन दिएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार (फागुन ११) जारी विज्ञप्तिमार्फत बालबालिकालाई चुनाव प्रचारमा संलग्न नगराउन आग्रह गरेको हो।
निर्वाचन आचारसंहिताको दफा १३, उपदफा (१), खण्ड (ट) अनुसार चुनावी प्रचार, आमसभा तथा जुलुसमा बालबालिकालाई प्रयोग गर्नु वा गराउनु निषेध गरिएको छ।
विज्ञप्तिमा उल्लेख छ कि यस आचारसंहिताको उल्लंघन भएमा आयोगले जरिवाना निर्धारण गर्न वा उम्मेदवारी रद्द गर्ने सम्मको कारबाही गर्ने कानुनी प्रावधान रहेको छ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्